६ चैत्र २०८०, मंगलवार
Follow Us

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन (फाेटाे फिचर)

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०८:२१

वासिंङ्टन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा पर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

उनीहरुले ट्रम्प अमेरिकी जनताको राष्ट्रपति नभएको र उनले जातिवादलाई प्रोत्साहान गरेको आरोप लगाएका छन्। अमेरिकी समाचार संस्था सिएनएनले न्युवोर्कस्थित ट्रम्प टावर अगाडि करिब ५ हजारको संख्यामा रहेका मानिसले ट्रम्पविरुद्ध नाराबाजी गरेको जनाएको छ।

यसैबीच सान डियागो सहरमा ट्रम्पका समर्थक र प्रर्दशनकारीबीच झडप भएको बताइएको छ। स्थानीय प्रहरीले झडपका क्रममा केही घाइते भएको र हाल स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

प्रहरीले झडपका क्रममा केही मानिसलाई पक्राउसमेत गरिएको जनाएको छ। ट्रम्पले गत बुधबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा २ सय ८९ इलेक्ट्रोल भोट ल्याँउदै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले २० जनवरीमा राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् ।