७ बैशाख २०८१, शुक्रबार
Follow Us

जिप दुर्घटनामा १४ जना घाइते

sarusaru
११ आश्विन २०७६, शनिबार २१:३३

जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नंको जिप शनिबार पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिए। जिपमा २५ जना सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिप चालक फरार छन् ।

रासस