१३ बैशाख २०८१, बिहीबार
Follow Us

अपराधमा बदलिँदो शैली, प्रविधिनै हतियार

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७६, शनिबार २१:५३

काठमाडौं –बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेन्डिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्टे«लियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्टे«लियन डलर पठाए। अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो। त्यसपछि सिस्टम ह्याक गरेर उक्त रकम ठगी ग(यो। इमेल ह्याक गरी ठगी गर्ने व्यक्ति थिए, नाइजेरियाका डोग्लास अमोवी ओको इजवे र जुलिअस फेस्टस चिजेक्व। प्रहरी अनुसन्धानपछि उक्त रकम नेपाल भ्रमणमा रहेका नाइजेरियन व्यक्तिले नै गेस्ट हाउसलाई तिर्न ह्याक गरेर पैसा चोरी गरेको खुल्यो।

काठमाडौं इजी ट्रेन्ड नामक गैरकानुनी वेबसाइट चलाउँदै आएका १५ जना भारतीयको समूहले नेटवर्किङ व्यवसाय राम्रो छ भन्दै रकम लुट्दै आएको भनी अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी प(यो। उजुरीमा सो समूहले नेटवर्किङ व्यवसाय गर्ने नाममा विभिन्न व्यक्तिसँग लाखौं रकम असुलेको उल्लेख थियो। उजुरीका आधारमा प्रहरीले १५ जनाको सो समूहलाई वैशाख २७ गते याक एन्ड यति होटलबाट पक्राउ ग(यो। उनीहरूमाथि अनुसन्धान चलिरहेको छ।

कृषि विकास बैंक प्रधान कार्यालयबाट असोज ८ गते चिनियाँ ह्याकरहरूको टिमले अनुमानित दुई करोड रुपैयाँबराबरको रकम चोरी ग(यो। टोलीले बैंकको रकम चोरी गर्नका लागि सातरआठजनाको खाता प्रयोग गरेको थियो। यसलाई प्रविधि प्रयोग गरेर नेपालमा भएको ठूलो घटनाको रूपमा प्रहरीले लिएको छ। यसबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिहरहेको छ।

एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको छ।
पछिल्लो समय विज्ञान–प्रविधिको सहायता लिएर गरिएका केही ‘अपराध’ का उदाहरण हुन् यी। एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रहरीका अनुसार पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध ह्वात्तै बढेको छ। यसले विज्ञान–प्रविधि नै अपराधको मुख्य कारक बन्ने त होइन भन्ने आशंका पनि बढाएको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको प्रहरी अधिकारी बताउँछन्। नागरिकमा यो खबर छापिएको छ।