१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतमा नेपाली युवकको मृत्यु

sarusaru
११ आश्विन २०७६, शनिबार २२:०१

नयाँ दिल्ली : रोजगारीको सिलसिलामा भारत आएका एक नेपाली युवकको मृत्यु भएको छ । हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका १९ वर्षीय विवश कुँबरको मृत्यु भएको हो । कुँवर अर्घाखाँची मालारानी गाविस-५ बाँगी भंडार गैरा निवासी थिए ।

फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो । बुधबार साँझ घरकै छतमा निस्केको बेला रिंगटा लागेर उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।

उनी दुई वर्ष काम गरेर यसअघि नेपाल फर्केका थिए।उनका मामा पनि त्यही होटलमा २० वर्षदेखि कुकको काम गर्दै आएका छन् । काम र पढाइ सँगसँगै गर्ने भनेर नेपाल फर्किएका विवश भनेजस्तो काम नपाएपछि दुई साताअघि मात्र  भारत आएका थिए । 

आवश्यक प्रक्रिया पुर्‍याएर उनको शव परिवारको जिम्मा लगाएको अखिल भारत नेपाली एकता मंचका आरबी खडकाले जानकारी दिए। खड्काका अनुसार अर्घाखाँचीको मालारानी गाविस निवासी कुँवरका परिवारले शव लिएर फर्किसकेका छन्।।

विवशको बुवा इन्द्रबहादुर कुँवरको पनि निधन भइसकेको छ। आमा सरिता कुँवर गाउँमै बस्दै आएकी छन् । मृतकको परिवारलाई होटल संचालकले नेपालसम्म लैजाने एम्बुलेन्सलगायत क्रिया खर्च दिने बताएको छ। मृतक विवशकी आमालाई आजीवन ३ हजार भारतीय रुपैयाँ मासिक खर्च उनका मामामार्फत दिने गरी कागजी सहमति गरेको खडकाले जानकारी दिए । 

अन्नपूर्ण पोष्ट