६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसमा नयाँ गुटको उदय

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७६, शनिबार २१:५६

काठमाडौं – स्थापनादेखि नै गुटउपगुटमा विभाजित नेपाली कांग्रेसमा नयाँ गुटको उदय भएको छ। आधा दर्जन गुट सक्रिय रहेका बेला शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई केन्द्रदेखि तल्लो तहसम्मका समितिमा स्थान दिएसँगै कांग्रेसमा शक्तिशाली अर्को गुटको उदय हुन पुगेको हो।

दुई वर्षअघि २०७४ कात्तिक २९ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचन मुखमा नेपाली कांग्रेसमा समायोजित भएको तत्कालीन फोरम लोकतान्त्रिका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय कांग्रेसले शुक्रबार गरेको छ। त्यसका साथै, कार्यसम्पादन, विभाग, प्रदेश समितिमा पनि समायोजनलाई ध्यानमा राखेर गच्छेदार नेतृत्वको समूहलाई पार्टीमा स्थान दिने कांग्रेसले निर्णय गरेको छ। दुई दर्शन जिल्लामा पदाधिकारीसहित कार्यसमितिमा महत्वपूर्ण स्थान दिनुका साथै तल्लो तहका निकाय र भ्रातृ तथा शुभेच्छुक संगठनमा समेत गच्छेदार समूहको उपस्थिति बाक्लो हुने देखिएको छ। नागरिक दैनिकमा खबर छ ।