१२ बैशाख २०८१, बुधबार
Follow Us

पहुँचवालालाई ४ वर्षमा बाँडियो ३ अर्ब

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७६, आईतवार २१:२१

काठमाडौं– सहयोगको नाममा सरकारले राज्यकोषबाट जथाभावी पैसा बाँड्ने प्रवृत्तिमा रोक लगाउन नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ल्याइए पनि त्यसको पालना भएको छैन । २०७२ मा कार्यविधि लागू भएयता सरकारले आर्थिक सहायता र द्धन्द्धपीडितका नाममा करिब ३ अर्ब रुपैयाँ वितरण गरेको छ ।
मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर गृहमन्त्रालयले राजनीतिक नेता कार्यकर्ता, दलनिकटका संघसंस्थालाई २०७२–०७३ देखि २०७५–०७६ को अवधिमा २ अर्ब ९८ करोड ७६ लाख ४७ हजार ८ सय ८३ रुपैयाँ बाँडिएको छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।