१५ चैत्र २०८०, बिहीबार
Follow Us

मापदण्डविपरीत विदेशीलाई पदक

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७६, आईतवार २१:५६

काठमाडौं – हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ। यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ। यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ। यसपटक विदेशी नागरिकलाई गरिएको पदकसम्बन्धी सिफारिस विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्डविपरीत पाइएको छ।

नेपालमा कुनै पनि योगदान नगरेका तर प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न भएकै आधारमा चार विदेशी चिकित्सकलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) सिफारिस गरिएको छ। गृह मन्त्रालयले तयार पारेको विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ मा नेपालको हितमा विशिष्ट योगदान पु-याउने विदेशी नागरिकलाई चार तहको विभूषण प्रदान गर्न सकिने उल्लेख छ।

नेपाल रत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री विभूषण नेपालको हितमा विशिष्ट योगदान पु-याउने विदेशी नागरिकलाई दिने सकिने व्यवस्था छ। तर अहिले सिफारिसमा परेका ती विदेशीले नेपालको हितमा के काम गरे भन्नेबारे केही खुलाइएको छैन। यसै कारण पदक तथा विभूषणसम्बन्धी सिफारिस विवादमा परेको हो। नागरिक दैनिकमा खबर छ ।