१२ बैशाख २०८१, बुधबार
Follow Us

चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार ०२:०३

चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो। रकम फिर्ताका लागी असोज १० गते सम्म फिर्ता रकम सम्बिन्धि प्रतिबेदन तयार पार्ने र बढि लिएको रकमको भरपाई दिने सहमती भएको थियो । तर तोकिएको म्याद सकिएपनि ति दुबै कुरा गर्न कलेज प्रशासन तयार नभएपछि बिद्यार्थी र अभिभावक पुन आन्दोलनमा जान बाध्य भएका हुन् ।

प्रशासन कार्यालयमा भएको सहमती कार्यान्वयन गर्न तर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफुहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संघ्रष समितिका संयोजक प्रकाश चन्दले बताउनु भयो । यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित बसेको सर्वपक्षिय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो । सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् । चिकित्सा शिक्षा संघ्रष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संघ्रष समिति संयोजक निर्मला कण्डेल द्धारा हस्ताक्षरित बिज्ञप्तीमा यस अगाढी भएको सम्झौता अनुरुप प्रतिबेदन तयारीका सम्पुर्ण बाकी काम पुरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिईएको छ । अबैद्ध रकम फिर्ता नहुदासम्म आन्दोलन जारी राखने बिज्ञप्तिमा उल्यख छ । टस्द्दड ब्ः