१२ बैशाख २०८१, बुधबार
Follow Us

कार्कीको नियुक्तिका विषयमा मङ्सिर १६ देखि बहस हुने

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार १३:२७

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले आज कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो ।
कार्की निलम्बनमा परिसक्नुभएकाले उहाँले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले यही कात्तिक १२ गते निवेदन दर्ता गर्नुभएको थियो । यसैबीच कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवाल मार्फत आजै मुद्दासम्बन्धी तारेख बुझ्नुभएको छ ।