८ बैशाख २०८१, शनिबार
Follow Us

पूर्वएआईजी र डीआईजीहरू नै असुरक्षित ? यी हुन् सुरक्षा माग्नेहरु

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार २१:४६

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका पूर्ववरिष्ठ अधिकृतहरूले असुरक्षित महसुस गरिएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार १२ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) गरी २२ जनाले असुरक्षित महसुस गरेको भन्दै सूरक्षाकर्मी माग गरेका हुन् । गृह मन्त्रालयले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताइरहँदा सशस्त्रका पूर्ववरिष्ठ अधिकृतहरूले नै सुरक्षाको माग गर्नुलाई भने अनौठो रूपमा लिइएको छ ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार पूर्वएआईजी र डीआईजी गरी २२ जनाले व्यक्तिगत रूपमा असुरक्षित महसुस गरी सुरक्षा सहायक उपलब्ध गराउन माग गर्दै मुख्यालयमा निवेदन दिएका हुन् । स्रोतका अनुसार असुरक्षित माग गरी सुरक्षाकर्मी मागिए पनि पूर्वअधिकृतहरूले सुरक्षाको बहानामा ती सुरक्षाकर्मीलाई घरायसी काममा प्रयोग गर्ने गरी माग गरेको अनुमान गरिएको छ ।
यसरी सुरक्षाकर्मी माग गर्ने पूर्वएआईजीहरूमा रविराज थापा, रोहित थापा, नारायणराज पाण्डे, कृष्णबहादुर श्रेष्ठ, डा. ठाकुरमोहन श्रेष्ठ, ऋषवदेव भट्टराई, जीवनकुमार थापा, डा. कृष्णकुमार तामाङ, जितबहादुर पुन, पे्रमकुमार शाही, प्रकाश ओझा, निराकारमविक्रम शाहसहित १२ जना छन् ।
त्यस्तै, सुरक्षा माग्ने पूर्वडीआईजीमा शिवराज गौली, दिलिपकुमार श्रेष्ठ,न वराज विष्ट, मुकुन्द थापा, कमल बस्नेत, महावीर गुरुङ, देवेन्द्रकुमार सुब्बा, दिवाकर केसी, उत्तम खड्का र रामप्रकाश श्रेष्ठसहितका १० जना छन् । राजधानी दैनिकमा खबर छ ।