१३ बैशाख २०८१, बिहीबार
Follow Us

काठमाडौंमा पनि कमल थापाले टेनिस उपाथी जिते 

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार ०२:४६

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित “नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -३” को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् । आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन् । यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए ।