६ बैशाख २०८१, बिहीबार
Follow Us

केन्द्रीय मापदण्ड अनुरुप एनआरएनए युकेले छान्यो प्रतिनिधि, कुमार पन्त की कुल आचार्यको  पोल्टामा ?

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार १४:४०
गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको विज्ञप्ति
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको सर्वविधितनै छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्देशन अनुरुप सो सम्मेलनमा भाग लिन जान चाहाने गैरआवासीय नेपाली संघ वेलायतका प्रतिनिधीहरु निम्मानुसार चयन गरिएको जानकारी गराइन्छ । एनआरएनए युकेको बैठक तथा पदाधिकारी बिचको छलफल पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै प्रतिनिधी चयन गरिएको छ ।
 
मापदण्ड अनुरुपको प्रार्थमिकता छनौटमा परेका प्रतिनिधिहरुको एन आर एन संगको आवद्दतालाई गहिरो र तथ्यगत खोजबिन गर्दै उनीहरुको पदभार लाई समेत सुचिकृत गरिएको छ । प्रतिनिधी छनौट यथासक्य न्यायसंगत ढंगले गर्दागर्दै पनि यसपालिको अधिक आवेदनहरु बाट सबै ईच्छुकहरुलाई समावेश गर्न सकिएको छैन । तथापि छनौटमा नपरेका आवेदकहरुले मताधिकार बाहेक तोकिएको शुल्क बुझाएर सम्मेलनमा भाग लिन भने सकिने जानकारी गराईन्छ ।
 
गैरआवासीय नेपाली संघ युकेमा गतवर्षहरु भन्दा धेरै सदस्य रहेकाले विश्व सम्मेलनमा प्रतिनिधी हुन चाहना राख्नेहरुको संख्या ४ सय भन्दा बढी रहेको थियो तर संघको मापदण्ड अनुसार जम्मा २१७ (बैकल्पिक सहित ) जनालाई मात्र प्रतिनिधीमा समावेश गर्न सकिएको छ ।
 
प्रतिनिधीहरुले विश्व सम्मेलनमा भाग लिनु पूर्व २०० डलर बराबरको शुल्क काठमाडौंमै भुक्तानी गर्न सक्नेछन । प्रतिनिधी चयन सम्वन्धमा चित्त नबुझेमा वा केन्द्रीय मापदण्ड विपरीत भएको लागेमा तलको इमेल ठेगानामा जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
 
फडिन्द्र भट्टराई
महासचिव,
गैरआवासीय नेपाली संघ युके