११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन यूकेको चुनावीे तिक्तता मेटियो, सबैले लिए शपथ

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार १४:२८


लण्डन । दुई साताअघि सम्पन्न एनआरएन यूके निर्वाचनमा असन्तुष्ट बनेको शेर सुनार समुहका विजयी उम्मेदवारहरुले शपथग्रहण गरेका छन् ।

आइतबार अल्डरसट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नुअघि यसअघि बाँकी रहेको ती पदाधिकारीको शपथग्रहण गराइएको हो ।

एनआरएन यूकेकी नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ एवम् आइसिसी सदस्यद्धय शान्ति थापा कुंवर र कुमारी गुरुङले शपथग्रहणसहित विजयी उम्मेदवारहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

उपाध्यक्षमा निर्वाचित प्रेम गाहा मगर, नर्दनआयरल्याण्डबाट उपाध्यक्षमा निर्वाचित नारायणदत्त कंडेल, सहकोषाध्यक्ष सकुन्तला गुरुङसहित केन्द्रीय समिति र इंग्ल्याण्ड राज्य समन्वय परिषदमा निर्वाचित पदाधिकारी एवम् सदस्यले शपथ लिएका हुन् ।

यसअघि निर्वाचनमा अनियमतिता भएको भन्दै असन्तुष्ट बनेका उनीहरुले गतसाता निर्वाचन समितिले गराएको सपथग्रहणमा भाग लिएका थिएनन् ।

बाँकी पदाधिकारीको शपथग्रहणलगत्तै एनआरएन यूके नवनिर्वाचित नवौं कार्यसमितिको पहिलो बैठक समेत बसेको छ ।

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले अधिवेसन तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै आसन्न विश्व सम्मेलनका लागि प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

असन्तुष्ट समुहले पनि शपथ लिएसंगै एनआरएन यूके निर्वाचनमा देखिएको विवाद अब साम्य भएको छ ।