११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा ड्यौडा खेलेर दशैं मनाइयो (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार १६:३५

 

लण्डन । सुदूरपश्चिम समाज लण्डनले ड्यौडा खेलेर दशैं पर्व मनाएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गएर बेलायतमा बसोबास गरिरहेका सुदूरपश्चिमेलीहरुको दशैंको अवसर पारेर ड्यौडा खेलेका हुन् ।

देश बाहिर रहेपनि आफ्नो संस्कृति प्यारो भएकाले आफूहरुले ड्यौडा खेलेर दशैं मनाएको समाजका उपाध्यक्ष शैली चन्द राणाले जानकारी दिनुभयो । गत शनिबार सुदरपश्चिम समाज बेलायतको आयोजनामा ड्यौडा खेलेर दशैं मनाइएको उहाँले बताउनुभयो ।

समाजका अध्यक्ष सुरेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट लण्डन पुगेका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कल्पना जोशीले ड्यौडा गीत गाउनुभएको थियो भने कार्यक्रमको संञ्चालन योगेश महताले गर्नुभएको थियो । सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा डा. श्याम चन्द र कोमल मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ओएनफ अध्यक्ष राजेन्द्र पुडसैनि र एनआरएनए महिला सचिव रंजिता मल्लले पनि दशैंको शुभकामना दिनु भएको थियो।

विभिन्न कामको सिलसिलामा बेलायत पुगेका सुदूरपश्चिमेलीहरु एकै ठाउँमा जमा भएर कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको समाजका अर्का उपाध्यक्ष खेमराज जोशीले बताउनुभयो । आफूहरु विदेशमा पनि आफ्नो संस्कृति बचाउन लागि परेको उहाँको भनाई छ । दशैं पारिवारिक मिलनको पर्व भएकाले सुप समाज बेलायतले कार्यक्रमको आयोजना गरेको हो ।