१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रोकिराखेको टिपर पल्टेर एकजनाको मृत्यु, तीन घाइते

sarusaru
१४ आश्विन २०७६, मंगलवार २१:४२

सल्यान : सल्यानमा रोकिराखेको टिपर पल्टेर एक जनाको ज्यान गएको छ। घटनामा अन्य तीनजना घाइते भएका छन्। शारदा नगरपालिकाको कार्यालय खलंगा नजिकै सल्यान सुर्खेत सडकको कालोपत्रेमा बालुवा ओसारपसार गर्ने बा ३ क २३६५ नम्बरको टिपर रोकिराखेको अवस्थामा पल्टिएको हो। रोकेको टिपर आफैँ चलेर पल्टिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा शारदा नगरपालिका ८ मार्केकी ४५ वर्षीया रामकली विकको घटनास्थलमै ज्यान गएको हो। घटनामा घाइते हुनेमा उक्त सडकको काम गर्ने सन्तोषी सेवा निर्माणका कामदारहरु ३५ वर्षका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल रहेको प्रहरीले जनाएको छ। उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

टिपर सडकमा बालुवा झार्ने काममा प्रयोग भएको थियो। टिपर रोक्ने र कामदारले बालुवा झार्ने काम गर्थे। सोही क्रममा चालक टिपरबाट झरेको बेला टिपर ब्याक भएर पल्टिएको हो। 

रामकली विक पानी पिउन भनेर टिपरको झ्याल खोलेर भित्र बोतल खोज्दा गाडीको ब्रेक छोइएर गाडी ब्याक भएको थियो। गाडी ब्याक भएर सडक तल खसेर रामकली विकले ज्यान गुमाएको प्रहरीले बताएको छ। बालुवा निकाल्ने अन्य ३ जना भने पछाडि भएकाले उनीहरु घाइते मात्र भएको प्रहरीको जानकारी दिएको छ।

अन्नपूर्ण पोष्ट