१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षमता अभावका कारण खस्कँदै स्थानीय तहका सेवा प्रवाह

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार २१:२०

काठमाडौं । क्षमता अभावका कारण स्थानीय तहमा विकास निर्माण तथा समग्र सेवा प्रवाह खस्कँदै गएको पाइएको छ । स्थानीय सरकारको प्रभावकारिताका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुन नसक्दा समग्र कार्यसम्पादनमा असर परेको स्थानीय तहले गुनासो व्यक्त गरेका हुन् ।
स्थानीय तहका सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँका जनप्रतिनिधि र कर्मचारीलाई आवश्यक पर्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई केन्द्रीय सरकारले कार्यान्वयन गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको संघीयताका जानकार बताँउछन् । अधिकांश गाउँपालिका र नगरपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीमा सरकार सञ्चालनका लागि आवश्यक क्षमता र विषयगत ज्ञानको अभावमा प्रभावकारी सेवा प्रवाहमा समस्या उत्पन्न भएको जानकारको भनाइ छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहमा क्षमता अभिवृद्धिका कार्यक्रम अपुग रहेको स्वीकार गरेको छ । मन्त्रालयका सहसचिव जयनारायण आचार्यले स्थानीय तहका लागि क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउने तयारी भइरहेको बताए । राजधानी दैनिकमा यो खबर छ।