१९ बैशाख २०८१, बुधबार
Follow Us

लगानी गर्न हाइड्रोपावरमा लगानीकर्ता किन अनिच्छुक ?

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार २१:२६

काठमाडौं। हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षौँ कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहुँदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेका अनुसार जलविद्युत् कम्पनीले लगानीकर्तालाई रिटर्न दिन नसक्नु नै जलविद्युत्को सेयर घट्नुको प्रमुख कारण हो । राजधानी दैनिकमा यो खबर छापिएको छ।