८ बैशाख २०८१, शनिबार
Follow Us

डा भट्टराईबाट आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोणमा व्याख्या

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार १४:०८

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

बेलायतमा रहँदा उहाँले नेपाली समुदायसँग छलफल र अन्तक्र्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस अफ कमन, लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायत बारेमा छलफल गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले यही कात्तिक ३० गते बेलायतको अक्सफोर्ड विश्वविद्यालयका उपकुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दिगो विकास र सामाजिक न्याय: नेपालमा आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोण’ विषयमा व्याख्यान दिनुहुनेछ ।

उहाँसँगै नयाँ शक्तिका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई पनि हुनुहुन्छ । साथै उहाँको पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।