१५ चैत्र २०८०, बिहीबार
Follow Us

महराको राजनीतिक भविष्य नै अन्योलमा

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार २२:१०

काठमाडौं – महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो। मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बोलाएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरको नयाँ भवन शिलान्यास गर्न पुगेका आइजिपी खनाललाई बोलाएर ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठमा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।नागरिक दैनिकमा खबर छ ।