१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नब राज रोस्यारा युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वार

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७६, बुधबार १०:३३

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालका लागि नब राज रोस्यारा युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वार हुने भएका छन्।

एनआरएनए एनसीसी जर्मनीका पुर्व अध्यक्ष नब राज रोस्याराले हलिउडखबरसंग कुरा गर्दै आफू यो पटक युरोप क्षेत्रको उपसंयोजक (डीआरसी) का लागि उम्मेदवार हुने कुरा बताएका हुन्।

नेपालको बिकट जिल्लाहरु मद्ध्येको डोटीमा जन्मेका रोस्याराले आफ्नो प्रारम्भिक र माध्यमिक तह सम्म्को शिक्षा डोटी जिल्ला मै गरेका थिए। आइएससी कंचनपुर महेन्द्र नगरबाटगरी बिएससी अमृत साइन्स क्याम्पसबाट गरेको बताउँछन। त्यस्पछी रोस्यारा मास्टर र पिएचडी अध्ययनको लागि जर्मनी पुगेको बताउँछन्।

रोस्यारा जर्मनीमा २००२ मा पहिलो पटक आएका थिए। म्याथमेटिक्समा एमएससी गरे र अनि पिएचडी चाँही बायो इन्फरमेटिक्समा गरेगरेका हुन्। हाल भने उनि आइटी क्षेत्रमा काम गरी रहेको छन्।

राजनीतिमा पनि चाख राख्ने रोस्यारा विद्यार्थी रहदा अस्कल क्याम्पसको स्वबियुमा सदस्य, सचिव र उपसभापती समेत थिए। तर जर्मनी आएपछि भने उनले टुरिस्ज्ममा नेपाललाई सहयोग गर्नुपर्छ भनेर धेरै पल्ट अभियानहरु चलाएको बताए। आफू पश्चिम नेपालमा जन्मिएको र हुर्किएकोले त्यही क्षेत्रमा सकृय हुँदा बढी काम गर्न सकिन्छ भन्ने हेतुले त्यो क्षेत्रको पर्यटनमा सघाउदै आएको बताए रोस्याराले। हामीले पहिलो अफिसियल खप्तड-रारा ट्रेक्किङको आयोजना गर्यौ, त्यहाका थुप्रै स्थानीयहरुसँग मिलेर। त्यो भन्दा पहिले त्यस्तो किसमको अफिसियल ट्रेक्किङ थिएन खप्तड र रारा जोड्ने।

रोस्याराले भने, हामीले अरु धेरै पटक साना ठुला पर्यटन ट्रेक्किङ गरेका छौ। जस्तो: अपि-ट्रेक्किङ, बझाङ सैपाल ट्रेक्किङ। पर्यटन बाहेक मैले एनआरएन एनसीसी जर्मनीको सदस्य देखी अध्यक्ष सम्मका बिभिन्न जिम्मेवारी पनि सम्पन्न गरेको छु। सामुहिक नेत्रित्वमा विश्वाश गर्ने भएकोले मैले अरु थुप्रै एनआरएन अभियन्ताहरुसँग मिलेर काम गरेको छु। औ-पेयर र जर्मन आउन खोज्ने विद्यार्थीको लागि सुचना मुलक कार्यक्रम सन्चालन गर्यौ। काठमान्डौमा पनि अन्तर्कृया कार्यक्रम गर्यौ, नेपाल आएको बेला। यो कार्यक्रम निकै प्रभावकारी रह्यो। अरु एनआरएनका अभियान्ताहरुले जस्तै जर्मनीले पनि बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेको छ। ति सबैमा मैले पनि अरुसँगै सहयोग गरेको छु।

उनि भन्छन, राजनीति हरेक मान्छेले बुझेको हुनु पर्छ र यसलाई नजिकबाट नियाली राख्नु पर्छ। तर एनआरएनलाई पार्टीहरुको शक्ती प्रदर्शन गर्ने थालो भने कदापी बनाइनु हुँदैन। एनआरएनए सबै नेपालीहरुको भावनालाई समिटेर बनेको नितान्त सामाजिक संस्था हो। यसमा लागेको ब्यक्तीको मुल्याङ्कनको आधार राजनीति र पार्टी वा पदिय हैसियत हुनु हुँदैन। अभियान्ताले राजनैतीक आस्थाका आधारमा अरुलाई भेद्भाव गर्ने र त्यस अनुरुप व्यबहार गर्ने गर्नु हुँदैन।

आफूले अहिले आइटी स्पेपिसिलिस्टको रुपमा एउटा लिफ्ट बनाउने कम्पनीमा आइटी डिपार्टमेन्ट हेडको रुपमा काम गर्दै गरेको बताउने रोस्यारा रेस्टुरेन्टहरु पर्ट्नर्शिपमा चलाएका छौ भन्छन।

२००७ देखी एनआरएनएमा सलग्न भए पनि रोस्याराले एनआरएनए एनसीसी जर्मनीको सदस्यता भने २००९ मा मात्र लिएका हुन्। त्यसपछि उनि निरन्तर सकृय भएको बताएका छन्। एनआरएनए एनसीसी जर्मनीको सदस्य २०११ देखी २०१३, २०१३-२०१५ मा उपाध्यक्ष, २०१५-२०१७ मा एनआरएनए जर्मनीको अध्यक्ष थिए।
त्यस्तै उनले आइसीसीका बिभिन्न टास्क फोर्सहरुमा पनि रहेर एनआरएनएको अभियानमा योगदान पुर्याएको छु भन्छन रोस्यारा। उनी अध्यक्ष हुँदा आफ्नो कार्यकालमा युरोप छेत्रीय सम्मेलन जर्मनीमै भएको थियो। यी सबै कम गरेको कारणले नै यो पटक उनि क्षेत्रीय उपसंयोजकका लागि आकांक्षी भएका हुन्। मेरो उम्मेद्बवारी सबै साथीहरुको सल्लाह र सुझाबका आधारमा आएको हो। यो कुरा जरुरी पनि छ। एनआरएनएमा म एक्लो रुपमा होइन समुदायको सपोर्टमा मात्र सफल भइन्छ भन्ने आफ्नो विश्वास छ। सबैसँगको सहकार्य र छलफलको आधारमा मात्र सामुहिक रुपमा हामी केही गर्न सक्छौ।

उनले भने, एनआरएनएको उदेश्यमा इन्टिग्रेसनको मुद्दालाई स्थापित गर्ने। मैले अहिले एनआरएनहरुको इन्टिग्रेसनको मुद्दालाई एनआरएनएलेजोड दिदै बिदेशीहरुसँग सहकार्यको अबधारणालाई अघाडी ल्याउनु पर्दछ भनी रहेको छु। हाम्रा अग्रजहरुले एनआरएनएको संगठन निर्माणमा ठुलो योग्दान गरे । तर अबको नेत्रित्वकर्ता साथीहरुले एनआरएनएलाई सही दिशा दिएर यस्को भबिश्य सुनिश्चित गर्न सक्नु पर्दछ।

हेरेक देशमा त्यहाका नेटिभहरु सम्मिलित फ्रेन्डसिप काउन्सिल बनाएर बिदेशीहरु र नेपाली डायस्पोरा एनआरएनएबीच सहकार्य भए त्यस्ले नेपालीहरुको इन्टिग्रेसन पनि हुने, एनआरएनएको सम्मेलनमा नेपाल जादा बिदेशीहरुको फ्रेन्डसिप काउन्सिलका सद्स्स्यहरुलाई पर्यबेक्षक बानाएर एनआरएनए सम्मेलनमा लादा सयौ बिदेशीहरुलाई पनि काठमान्डौमा एक साथ उतार्न सकिने अवस्था आउने थियो । त्यस्तै, हामी बस्ने देशमा त्यहाका नेटिभहरुको नेत्रित्वमा बन्ने फ्रेन्डसीप काउन्सिलको मुख्य उदेश्य एनआरएनहरुसँगको सहकार्य, नेपाललाई सहयोग र नेपालीहरुको इन्टिग्रेसन राख्न सके त्यस्को मध्यमबाट नेपालमा बिभिन्न खाले प्रोजेक्टमा सहयोग गर्नु परे बिदेशी साथीहरुसँग मिलेर जती पनि सहयोग गर्न सकिने छ। हाम्रा राम्रा कुरा उनीहरुले सिक्ने, उनिहरुका राम्रा कुरा हामीले सिक्ने। यस्तो कल्चरको बिकास गर्न सके त्यस्ले सबै एनआरएनए सदस्यहरुलाई प्रतक्ष फाईदा पुग्ने अवस्था सिर्जना हुनेथियो।

अहिले एनआरएनएलाई अग्रज अभियान्ताले मात्रै माया गरी रहेका छन। तर एनआरएन डायस्पोरा र सम्बन्धित देशको नेटिव डायस्पोरा बीचको सहकार्य लाई मुर्त रुप दिने काम एनआरएनएले गर्न सके अबका दिनहरुमा बिदेशिएका सबै नेपालीहरुले पनि एनअरएनएलाई त्यतिकै माया गर्थे जत्तिको आजका अग्रज अभियन्ताले गरिरहेका छन्।

अर्को मुख्य कुरा हाम्रा सन्ततीहरु न त नेपाली हुने हुन, न त उनिहरु बिदेशी नै हुने हुन। त्यसो भए हाम्रा सन्तातीहरुको परिचय के हो त भन्दा उनीहरु आधा नेपाली, आधा बिदेशी। नेपालीका राम्रा कुरा र बिदेशीका राम्रा कुरा मिलेर भनेको छुट्टै इन्टिग्रेटेड सोसायिटी नै हाम्रा सन्ततीको समाज हो।

त्यसैले आज देखी नै हाम्रा सन्ततीलाई चाहिएको अधा नेपाली र आधा बिदेशी क्यारक्टेरिस्टिक बोकेको समाजको निर्माणमा लागौ। आगामी अक्टोबरमा हुन सम्पन्न हुन गई रहेको एनआरएन सम्मेलनमा नेपाल जर्मन फ्रेन्डिशिप काउन्सिल भने जस्तै हरेक देशमा फ्रेन्डशिप काउन्सिल गठन गर्ने नीति सम्मेलनबाट पास गरौ।

आफु बसेको देशमा बिदेशीहरु सँग सहकार्यको अबधारणा अघी सारेर नेपाली समाजको इन्टिग्रेसन गर्ने तिर लागेर हाम्रा सन्ततीलाई चाहिएको समाजलाई आजै देखी निर्माण गर्न तर्फ लागौँ । सम्मेलनमा मेरो उम्मेद्बारीको मध्यम बाट म सबै प्रतिनिधि साथीहरुलाई यही सन्देश दिन चाहन्छु।

मलाई नै किन मत दिने त ? आफ्नो काम छोडेर सामाजिक सेवाको भावले नेपाललाई केही होस भनेर एनआरएनएको सम्मेलनमा भाग लिन आउनु भएका प्रतीनिधीहरुका लागि यो प्रश्न निश्चय पनि महत्वपूर्ण हो। यस्को मुख्य आधार भनेको मैले बिगतका बर्षहरुमा एनआरएनएमा गरेको योगदानलाई बनाउनु पर्छ जस्तो लाग्छ। त्यस्तै मेरो भबिश्यको कार्यनिती लाई हेरिनु पर्दछ।

अन्तमा, प्रवासमा रहेर पनि नेपाली पत्रकारितामा सकृय रहेर प्रबासी नेपालीका समस्याहरुलाई समेटेर अन्तर्कृया चलाउनु हुने तपाईंहरु जस्ता सबै पत्रकार साथीहरुलाई बिशेष धन्यवाद छ। साथै युरोपबाट एनअरएन सम्मेलनमा भाग लिनुहुने सबै प्रतिनिधिज्युहरुलाई मेरो युरोप छेत्रीय उपसंयोजकको उम्मेद्बारीलाई अनुमोदन गरिदिन हुन अनुरोध गर्न चाहन्छु, उनले अनुरोध गरे।