१२ बैशाख २०८१, बुधबार
Follow Us

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’अब १० देशमा

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७६, बुधबार १२:१६

काठमाडौं-एनसेलका ग्राहकले अब विभिन्न १० देशहरुको भ्रमणमा रहँदा बिनाकुनै झन्झट सुलभ दरमा डेटा रोमिङ्ग सेवाको फाइदालिन सक्नेछन् । एनसेल प्रा.लि.ले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजनामाबिहिबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिकापनि समावेश गर्ने भएको छ ।
यो सँगै अबभारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इण्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरुकालागि अनलिमिटेड रोमिङ्ग डेटा प्याकउपलब्धहुनेछ । यस अफर अन्तर्गत एनसेलकाप्रिपेड तथापोस्पेड ग्राहकले यी देशहरुको भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदालिन सक्नेछन् ।
यो सेवाबाट लाभलिनएनसेलकाग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् ।
यो योजनाले ग्राहकलाई भ्रमणमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरी आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।
एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ । अर्थात ग्राहकले प्याकखरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकमाथिउल्लेखित १० देशहरुको भ्रमणमा जानु अघि वातीगन्तव्यहरुमापुगे पछि पनिलिन सक्नेछन् । सम्बन्धित देशमापुगेर मात्र यो डेटा प्याकलिनकालागिग्राहकले रोमिङ्ग सेवा नेपालमा नै सुचारु गरको हुनु पर्नेछ ।