१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन इङग्ल्यान्ड परिषदको पहिलो बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७६, बुधबार १५:००

लण्डन । गैर आवासीय नेपाली संघ ( एनआरएन ) इङग्ल्यान्ड राज्य समन्वय परिषद्को नव निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा आइतबार अल्डरसटको एम्पायर हलमा बसेको बैठकमा भावी कार्ययोजना र कार्यक्रमबारे छलफल गरिएको छ ।

बैठकले गैर आवासीय नेपाली संघ यूकेको इङग्ल्यान्ड राज्य समन्वय परिषदको क्षेत्राधिकारभित्र रहेर सदस्यता बिस्तार र वितरण तिव्र रुपमा अघि बहुधार्मिक एवम् सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने,युवाहरुलाई आकर्षित गर्न विभिन्न खेलकुद लगायत मनोरञ्जनात्मक कार्यक्रम र प्रतियोगिता आयोजना गर्ने,महिलाहरुको समानुपातिक प्रतिनिधित्व र संलग्नताको लागि लागि प्रोत्साहन गर्ने ,राज्य परिषदका सवै काम कार्वाही डिजिटल प्रणाली अन्तर्गत संचालनमा ल्याउने र सबै हिसाब किताबमा आर्थिक पारदर्शिता अपनाउने लगायत निर्णयहरु गरेको छ ।

हालै सम्पन्न निर्वाचनमा सहयोग र मतदान गर्ने सबैमा धन्यवाद ज्ञापन र बडा दशैको शुभकामना समेत व्यक्त गरेको छ।

परिषदका नवनिर्वाचित सचिव गोबिन्द शर्मा खरेलले संचालन गरेको बैठकमा परिषदका सहसचिव कृष्ण वैद्य, कोषाध्यक्ष ध्रुवहरि बांस्कोटा,सहकोषाध्यक्ष चन्दन गुरुङ,सदस्यहरु वन्दना के सी र प्रकाश न्यौपानेसहितका नवनिर्वाचित पदाधिकारीहरु को सहभागिता थियो।

एनआरएन यूके क्षेत्रीय अवधारणामा जाने नीतिअनुरुप यस वर्ष पहिलोपटक बेलायतका ४ वटै राज्यमा समन्वय परिषद निर्वाचित भएका हुन् । एनआरएन यूकेको कुल साढे १३ हजार सदस्यमध्ये १२ हजार बढि इङग्ल्यान्डमै रहेका कारण इङग्ल्यान्ड राज्य परिषदलाई बढि चासोपूर्वक हेरिएको छ ।