११ बैशाख २०८१, मंगलवार
Follow Us

‘महराको जस्तै धेरै नेताको बबाल हुनेवाला छ’

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७६, बुधबार २१:४८

काठमाडौं–यतिबेला निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा सबैतिर चर्चा र चासोको विषय छ । शालिन मानिएका नेता यस्तो काण्डमा मुद्धिएपछि धेरैजनालाई अनौठो लागेको छ । अर्कातिर ‘नेताहरु सबै उस्तै हुन्’ भन्दै नामबेनाम अनेक राजनीतिज्ञका सुरासुन्दरी काण्डबारे चोकचोकमा चर्चापनि चलिरहेको छ ।
‘धेरै नेताका भित्री पाटो खुल्न गयो भने यस्तै बबाल हुनेवाला छ’ नेताहरुसँग हिमचिम गर्दै आएका एक अधिकारकर्मी भन्छन्, ‘संयोगबस महराको बाहिर आयो र उनी आलोचित हुन पुगे । केही अरुका पनि अवस्था यो भन्दा फरकचाहिँ छैन ।’
भ्रष्टाचारबाहेक सुरा र सुन्दरी काण्डमा अनेक चर्चा परिचर्चा हुँदै आएपनि आरोपर्को कै मिनेषमा सबै पदप्रतिष्ठा गुमाउने उच्च ओहदाको नेता महरा भएको खबर आजको कान्तिपुर दैनिकमा यो छापिएको छ ।