१९ बैशाख २०८१, बुधबार
Follow Us

अन्ततः रोशनी शाहीलाई श्रीमानले छाडिदिए

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७६, बिहीबार ०३:०९

काठमाडौं–सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाहीलाई उनका श्रीमानले छाडिदिएका छन् ।
शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् ।
‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।
अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन।