१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली राजदुताबास लण्डनको घुम्ती सेवा, पहिलो चरणमै ४ सय जना लाभान्दित

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७६, बिहीबार ०९:५४

स्वीन्डन । सर्वसाधारणको सुविधाको लागि नेपाली दुतावास लण्डनले घुम्ती सेवा सुरु गरेको छ । भिसा, एनआरएनए कार्ड र हस्तलिखीत पासपोर्ट रिप्लेस्मेन्ट, कागजता प्रमाणीकरण लगायतका सुविधा दिने उदेश्यले दुतावासले विहीवार देखी आफ्नो सेवा विस्तार गरेको हो ।

दुतावासले नेपाली समुदायतको बाक्लो उपस्थिती रहेको विल्सायर स्थित स्वीइन्डनमा आफ्नो सेवा दिएको छ । लण्डनस्थित नेपाली दुतावासका तृतीय सचीव तेजेन्द्र रेग्मीको नेतृत्वमा पुगेको टोलीले नेपाली एसोसीयसन बील्सायरका अध्यक्ष लाल श्रीसको सकृयतामा झन्डै ४ सय जना नेपालीलाई सरकारी सेवा प्रदान गरेको क्षेत्री समाज वेलायतका अध्यक्ष राजन क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीले दुतावासको सेवाले नेपाली समुदायमा खुसियाली छाएको बताए । वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदीले आफ्नो जिम्मेवारी समाले देखी दुतावासले सेवाग्रहीहरुका समस्यालाई मध्यनजर राख्दै विभिन्न सेवामुलक काम गर्दै आएको छ । दुतावासको सकृयताले सेवाग्राहीका गुनासोमा समेत कमी भएको छ ।