११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए निर्वाचन: ६ क्षेत्रको सर्वेक्षण, पन्तको पक्षमा ७० प्रतिशत


१६ आश्विन २०७६, बिहीबार १७:२७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा केन्द्रीय प्रतिनिधीहरुको नामावली केन्द्रमा आइपुगेको बताएको छ । अक्टोवर १७ मा सम्म हुने निर्वाचनमा एनआरएनएको ६ वटै क्षेत्रका प्रतिनिधिहरुको नामावली अनुसार अध्यक्षका प्रत्यासी कुमार पन्तको पक्षमा ७० प्रतिशत प्रतिनिधी रहेको अमेरिकाबाट संचालित हलिउडखबरले जनाएको छ ।

विहीवार साँझ सम्म करिब २ हजार ९ सय प्रतिनिधीहरुको नाम आइसीसीमा दर्ता गरेका छन् ।

यसै बीच गैरआवासीय नेपाली संघको (एनआरएनए) अध्यक्ष पदका उम्मेदवार कुमार पन्त विहीवार काठमाण्डौ पुगेका छन्। संघको नेतृत्वको लागि अर्का प्रत्यासी कुल आचार्यसंग सहमतिको वातावरण तयार गर्न पन्त काठमाण्डौं पुगेको अनुमान गरिएको छ । आचार्य समेत काठमाण्डौंमै रहेका छन् । पन्तले आफ्नो समावेशी प्यानल सहित निर्वाचनको तयारी गरेका छन् ।

आचार्यसंगको छलफल पछि मात्र पन्तले आफ्नो प्यानललाई अन्तिम रुप दिने वताएको छ । पन्तले यसअघि उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, महासचिवमा डा. हेमराज शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा एसी शेर्पाको नाम पहिलो चरणमा प्यानलमा समावेश गरेका छन् भने अन्य पदाधिकारीको नामावली छिट्टै प्रकाशन गर्ने तयारीमा छन् ।