८ बैशाख २०८१, शनिबार
Follow Us

उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस


१७ आश्विन २०७६, शुक्रबार ०२:४१

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो । गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो । समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।