६ चैत्र २०८०, मंगलवार
Follow Us

म्याग्दी प्रवासी संघ (मोना) को अध्यक्षमा ओमनारायण जुग्जाली

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७६, शुक्रबार १८:१३

म्याग्दि । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को नयाँ नेतृत्वमा ओमनारायण जुग्जाली चयन भएका छन्। म्याग्दी पर्यटकीय स्थल घोडेपानीमा सम्पन्न संघको तेस्रो अन्तराष्ट्रिय सम्मेलनबाट जुग्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

सम्मेलनमा बिश्वका विभिन्न देशबाट मोनाको राष्ट्रिय कार्यकारी समितीका प्रतिनिधिहरु प्रतिनिधित्व गर्दै सहभागी भएका थिए।

विश्वका २८ देशमा आफ्नो संगठन विस्तार गरिसकेको मोनाको विश्व सम्मेलनका लागि विभिन्न देशबाट एनआरएनए पदाधिकारी समेत घोडेपानी आएका थिए।

मंगलबारदेखी ३ दिनसम्म चलेको सम्मेलनको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले गरेकी थिइन्।

नवनिर्वाचत कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा मिम पुर्जा, उपाध्यक्षमा अमर छन्त्याल, सुर्ज भट्टचन र राम खड्का,महिला उपाध्यक्षमा आशा पाईजा, महासचिवमा विक्रम कार्की, सचिवमा रमेश पौडेल, र हरि राम्जाली, कोषाध्यक्षमा मुक्ति रोका र सहकोषाध्यक्षमा महेन्द्र खड्का रहेका छन्।

त्यस्तै महिला संयोजकामा नन्दकली थापमगर, सहसंयोजक विष्णु बानियाँ, एशिया प्यासिफिक संयोजकमा महेन्द्र बानियाँ, यूरोप संयोजकमा निरोज कार्की, सहसंयोजक नैना तिलिजा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिले प्रबक्ता सहित अमेरिका, अफ्रिका, मध्यपूर्व संयोजक सहित राष्ट्रिय कार्यसमितिबाट सदस्यका लागि मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ।

संस्थाले विश्व सम्मेलनको अवसरमा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेको थियो।

एनआरएनए विश्व सम्मेलनको नजिकै सम्पन्न मोनाको यस सम्मेलनलाई एनआरएनए नेतृत्वले पनि विशेष महत्व दिएको थियो।