१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चिनियाँ राष्ट्रपति सीको स्वागतमा तीव्र तयारी

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७६, शनिबार ०१:०४

काठमाडौँ । यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ ।

सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ ।

नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।
“चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ ।” उहाँका अनुसार चीनका राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको छ ।गोरखापत्रमा खबर छ ।