६ बैशाख २०८१, बिहीबार
Follow Us

मिस एण्ड मिसेज नेवा:जापानको उपाधि संगीता शाक्यलाई

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०६:३८

टोकियो । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले पहिलो पटक जापानमा मिस एण्ड मिसेज नेवा: जापान ११३७ नागानो केन को तातेसिना रिजोर्ट होटेलमा नोवेम्वर ६ आईतवार एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।
पहिलो मिस एण्ड मिसेज नेवा:जापान ११३७ को उपाधि टोकियो संगीता शाक्यले जितेकी छिन् । त्यस्तै दोस्रोमा अनुस्का शाक्य ,तेस्रोमा सृजना शाक्यले उपाधि हासिल गर्नु भएकी छिन् ।
त्यस्तै क्रमसः चौथौमा सनम रंजितकार ,पाँचौमा प्रमिला शाक्य ,छैंठौमा शर्मिला शाक्य ,सातौंमा खुशी डंगोल सुबेदी ,आठौंमा नेहा श्रेष्ठ ,नवौंमा शर्मिला महर्जन र दशौं स्थानमा मेलिना महर्जन पर्नु भएकी छिन् । प्रतियोगितामा ४३ जनाले प्रतिस्पर्धीहरु गरेका थिए ।
तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य ,रिया जोशी र सकुल प्रजापतिले नेवार नाच र युको ओकामोतोले चर्या नृत्य र त्यसको परिचय प्रस्तुत गरेका थिए । रुकेश गोसाईले धिमेबाजा र रोहित सिल्पकारले भुस्या बाजा बजाई मनोरंजन दिएका थिए ।
कार्यक्रममा बोल्दै वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सह सयोंजक इन्दिरा सुजुकी राजभण्डारीले नेवार मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए । सो अवसरमा कार्यक्रमका संयोजक सुनिल कुमार शाक्यले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै आफ्नो मन्तब्य दिने क्रममा सो कार्यक्रमका प्रमुख अतिथि भवन भट्टज्युले नेवार मौलिक संस्कृति ,भाषा ,भेषभुषा नेपालको गहना भएको हुनाले यसलाई संरक्षण र सम्बर्द्वन गर्नु पर्नेमा जोड दिनुभयो ।
मिस एण्ड मिसेज नेवाः जापान ११३७ का विजेताले ३० हजार येन नगद, फस्ट रनरअपले २० हजार येन र सेकेण्ड रनरअपले १० हजार येन नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यसरी नै तेस्रो रनर देखि दशौं रनर सम्मले बिभिन्न उपहारहरु प्राप्त गर्ने छन् । नागानो केनको कार्यक्रममा बिजेता ,फस्ट रनर र अरु बिजेताहरु पनि उपस्थित हुन् नसकेको हुनाले उहाँहरुलाई अर्को कार्यक्रम गरि उपहार वितरण गर्ने छन् ।उक्त दिनको कार्यक्रममा बिजेता र फस्ट रनर उपस्थित हुन् नसकेको हुनाले सेकेण्ड रनर ,फोर्थ रनर र फिफ्ट रनरलाई क्रमश ताज पहिल्याईएको थियो ।