१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्व सम्मेलनका लागि नाम दर्ता सुरु


१८ आश्विन २०७६, शनिबार १५:४४

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधीहरुका नाम दर्ता हिजो बाट खुला भएको छ । हिजो नै विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरु तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरुले आफ्नो नाम दर्ता गर्नु भएको छ । नाम दर्ता १० अक्टोवर बाट पुन सुचारु हुने छ ।

सम्मेलनमा भाग लिनमा लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधीहरु काठमाडौं आउने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु तथा सदस्यहरुको सम्मेलनमा भागलिनको लागि आउने क्रम जारी रहेको छ ।