६ चैत्र २०८०, मंगलवार
Follow Us

किराँत राई सोसाइटी पोर्चुगलबाट क्यान्सरपीडितलाई सहयोग


१८ आश्विन २०७६, शनिबार १६:००

किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन् ।

सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले ५२६/११ युरो० रु पैँसठ्ठी हजार भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारका लागि निकै कठिनाइ भएको जानकारी आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले राससलाई बताउनुभयो ।