१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतकी प्रधानमन्त्री थेरेसा मे सारीमा, गरिन् शिव मन्दिरमा पूजाआजा (हेर्नुस् तस्बिर)

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०९:१३

नयाँदिल्ली । भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री थेरेसा मेले बैंगलुरुस्थित एक हिन्दु मन्दिरमा पूजाआजा गरेकी छन् । गोल्डेन रङको सारी र हरियो रङको ब्लाउजमा सजिएर मन्दिरमा पूजाआजा गरेकी थेरेसा निकै सुन्दर देखिएकी छन् । भारत भ्रमणको पहिलो दिन (८ नोभेम्बर) मा उनी बैंगलुरुस्थित हालासुरु सोमेस्वारा मन्दिर पुगेर पूजाआजा गरेकी थिइन् । त्यसदिन अमेरिकामा नयाँ राष्ट्रपतिको लागि मतदान भइरहेको थियो ।
संसारको ध्यान अमेरिकातिर आकृष्ट भइरहेका बेला बेलायती प्रधानमन्त्री थेरेसा भने भारत भ्रमणमा थिइन् । भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री थेरेसाको सारी र ब्लाउज लगाएर शिव मन्दिरमा पूजाआजा गरेको तस्बिर सार्वजनिक भएको हो ।
सारी–चोलो लगाएर मन्दिरका पुजारीले भनेअनुसार थेरेसा पूजाआजा गरिरहेको देख्न सकिन्छ ।
1
3
4