७ बैशाख २०८१, शुक्रबार
Follow Us

पक्राउ पर्दै निवर्तमान सभामुख महरा, प्रहरी निवास पुग्यो

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार ११:३७

काठमाडौं– बलात्कार अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्दैछन् । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएसँगै महरालाई पक्राउ गर्न लागेको हो ।
प्रहरी सरकारी निवास बालुवाटारमा पक्राउका लागि भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप छ ।
महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। महरालाई पक्राउ गर्न प्रहरीको एक टोली बालुवाटारस्थित निवास पुगेको छ ।
आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।