१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए पूर्वअध्यक्ष लामिछानेद्धारा थारु अनुसन्धान केन्द्रको उद्धघाटन

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार १७:५७

लण्डन । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्रको भवन निर्माण भएको छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमकाबीच गैरआवासिय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले समुद्घाटन गरे ।

संग्रहालयसंगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा संग्रहालयसंगै अनुसन्धान केन्द्र बनेको थिएन् ।