१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन नेदरल्याण्डको टोली हेलिकप्टरमा रोल्पा पुग्दा…… (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार १८:२२

रोल्पा । रोल्पा गंगादेव गाउपालिकाको सिद्धार्थ नमुना माध्यामिक बिद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ नेदरल्याण्डको सहयोगमा निर्मित भवन हस्तान्तर कार्यक्रम सम्पन्न भएको छ । एनआरएन नेदरल्याण्डका प्रतिनिधिहरुको उपस्थितिमा उक्त पक्कि भवन शुक्रबार हस्तान्तरण भएको हो ।

गैरआवासीय नेपाली संघ नेदरल्याण्डका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य मनोहरि शर्मा, एनआरएन नेदरल्याण्ड नेदरल्याण्ड भूपू अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य हिमाल गुरुङ, एनआरएन नेदरल्याण्ड बरिष्ठ उपाअध्यक्ष मिम बहादुर पुर्जा र ब्राजिलियन पाइलट पाब्लो पोखराबाट हेलिकप्टर मार्फत सिद्धार्थ नमुना माबिमा भवन हस्तान्तर गर्न पुगेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मनोहरि शर्मा रहेका थिए भने विशिष्ट अतिथिमा हिमाल गुरुङ, मिम बहादुर पुर्जा र पाब्लो रहेका थिए । अभियान्ताको तर्फबाट अतिथिमा बिद्यालय अभियान संयोजक प्रेम बहादुर वली रहेका थिए भने कार्यक्रमलाई शिक्षक वाइबि जिएमले संचालन गरेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट सदस्य बिष्णु खड्काले स्वागत मन्तब्य दिएका थिए । लगतै प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा रिबन काटेर भवन बिद्यालयलाई हस्तान्तरण गर्ने कार्य भएको थियो ।

बिगत केहिबर्ष देखि संचालन भैरहको नमुना बिद्यालय निर्माण अभियान बारे संयोजक प्रेम बहादुर ओलीले प्रस्ट्याएका थिए । विश्वभर रहेका एनआरएनहरुको सहयोगले नमुना बिद्यालय निर्माण अभियानमा बिशेष भूमिका रहेको जनाएका थिए ।

त्यसैगरी भवन हस्तान्तरण कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुद्वारा मन्तब्य राख्ने कार्य भएको थियो । शैक्षिक ब्यबस्थापनका लागि एनआरएनले बिगत देखिनै दुर्गमका स्कुलहरुमा सहयोग गर्दै आएको प्रमुख अथिति मनोहरि शर्माले बताए । अझै पनि सहयोगका लागि सहकार्य भैरहने बताए ।

शिक्षा समाजको ऐना भएको बताउदै अर्का विशिष्ट अतिथि हिमाल गुरुङले दुर्गमगाउँका बिद्यालयसंग शैक्षिक हातेमालो गर्दा अत्यन्तै खुसि भएको जनाए, आफु आउदो कार्यकालको लागि युवा संयोजकमा उम्मेवारी दिएको बताउदै बिजयको लागि आर्शिवाद सहितको अपेक्षा समेत व्यक्त गरेका थिए ।


खुसि भएको अतिथि मिम बहादुर पुर्जाले बताए । बालबालिकाहरुको भबिस्यका लागि आआफ्नो ठाउबाट सक्दो सहयोगमा जुट्नु पर्नेमा पुर्जाले जोड दिएका थिए । एनआरएनबाट उपस्थित अतिथिहरुलाई बिद्यालयले कदर पत्र र खादाले सम्मान गरेको थियो ।

आगामी असोज २५ गते पनि गैर आवासीय नेपाली संघ अमेरिकाका प्रतिनिधिहरु सिद्दार्थ नमुना माविलाई निरक्षण तथा अबलोकन गर्न हेलिकप्टर मार्फत आउने अभियान संयोजक प्रेम बहादुर ओलीले जनाएका छन् । उक्त दिनको कार्यक्रममा पनि उपस्थित भैईदिन स्थानीय समुदाय तथा सम्बन्धित सबैलाई अपिल समेत गरेका छन् ।

यसअघि देखि एनआरएन साउदी, एनआरएन स्विडेनले पनि बिद्यालयका लागि भौतिक सहयोग गर्दै सहकार्य गर्दै आएको छ । स्विडेनमा बस्ने बालबालिकाहरुले उक्त बिद्यालयमा अध्यनरत द्वन्द पिडित, जेहेन्दार र असाहय तथा टुहुरा बालबालिकाहरुलाई चाइल्ड टु चाइल्ड अभियान अन्तर्गत अध्यनका लागि मासिकरुपमा आर्थिक सहयोग हुँदै आएको छ, उक्त अभियानलाई एनआरएन स्विडेनका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य अर्जुन श्रेष्टले समन्वयकारी भूमिका निर्बाह गरेका थिए ।

अक्षकोषमा थप सहयोग

कार्यक्रममा उपस्थित अतिथिहरुले अक्षकोषमा थप व्यक्तिगत सहयोग गरेका छन् । प्रमुख अतिथि मनोहरि शर्माद्वारा सिद्धार्थ नमुना माविमा अध्यनरत द्वन्दपिडित तथा असाहय, टुहुरा बालबालिकाहरुको सहयोगार्थ अक्षकोषमा ५५ हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए ।

त्यसैगरी विशिष्ट अतिथि हिमाल गुरुङद्वारा ५० हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए । अर्का अतिथि मिम बहादुर पुर्जाद्वारा ५५ हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए ।

कार्यक्रममा स्थानीय समुदायहरुको उत्साह जनक सहभागीता रहेको थियो । उपस्थित अतिथिहरुलाई स्थानीयले आफ्नो मौलिक झाँकीद्वारा स्वागत गरेका थिए ।