४ बैशाख २०८१, मंगलवार
Follow Us

हामी पनि बोल्नु पर्छ बीचबीचमा !

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार २०:०२


– राज कुमार त्रिपाठी

लण्डन । अब पनि हामी नेपाली जनताले नसोचे कहिले सोच्ने हो ? तपाईहरुलाई नेपालका कम्युनिष्टहरुले संवृद्धि ल्याउँछन भन्ने कुरा लुरुलुरु विश्वास गर्नुहुन्छ ? मत भन्छु नेपाली काँग्रेसको नेतृत्वको शासनले बिगतमा पनि समग्र नेपालको संवृद्ध र विकाशको लागी पहल गरेको हो। नेपालको भबिष्य सुरक्षित छ भने अब नेपाली कांग्रेसको नेतृत्वमा मात्र संभब छ ।

आशा गरौं आगामी महानिर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई सरकारको नेतृत्वमा पुर्‍याउनेछ । यसको लागि बिदेशका रहने जनसंपर्क समितिले विशेष अभियान चलाउन पर्ने आवश्यकता अपरिहार्य हुन्छ । यहाँ अब अहिलेको तातो मुद्धाको बारेमा केहि लेख्नै पर्ने भयो ।
यो शताब्दीकै सबैभन्दा बढी महंगी केपी ओली सरकार (कम्युनिष्ट( कै पालामा बढेको छ । मुद्रास्फृति चर्कंदो छ । अपराध र हिंसाले गाउँघरदेखि शहर सुरक्षित छैनन् । कति खुल्ला र प्रेममय थियो हाम्रो समाज । अहिले कम्युनिष्टले हिंसाको बीउ रोपिदिएर जता गयो अपराध र घृणा मात्र फैलिरहेको छ ।

कुनै ठुला बिकास आयोजना शुरु भएका छैनन् । जनतालाई आँखामा छारो हाल्न, स्केच खिच्न लगायो, मिडियामा प्रकाशन गर्न लगायो , ग्यासको पाईप २ बर्ष भित्र घरघरमा जोडिने पक्का, पानी जहाज २ बर्ष भित्रमा, फलानो रेल सर्बेक्षण, फलानो सुरुङ बन्ने भनिदियो , पुल बन्ने, फलानो सडक यस्तो बन्ने भनेर सपना देखाइदियो ।

अनि शिल्यान्यास गरेर बिकास गर्ने आँफुले जस लिने मात्र सत्तारुढ दलले उल्झन गरिरहेको छ । यी सबै सपना साकार हुन् तिन पुस्ता सकिनेछ । तपाई हाम्रो त यही नारकीय डुङडुङति गन्हाउने फोहोर, धुलो र हिलोमै जीवन सकिनेछ ।

कसैलाई भ्रम नहोस, सत्तारुढ दल नेकपाले यो दुई बर्षमा बिकासका एउटा पनि काम गरेको छैन । कसैले भन्ला, पोखराको र भैरहवाको अन्तर्राष्ट्रिय बिमानस्थल त बनिरहेका छन् । फेरि भ्रम नहोस यी दुई बिमानस्थल १० बर्ष अघिदेखिकै परियोजना हुन् । यसका तथ्यहरु लगानी बोर्डदेखि भौतिक योजना मन्त्रालयका रिपोर्टहरु हेर्न सक्नुहुन्छ । युबाहरु हरेक नेपाल छोडेर हरेक दिन विरेशपलायन भएका छना । नेपालमा उद्योग फस्टाएको छैन। विकाशको गति के छ ? । तथ्याङ्कले देखाइरहेछ । पढेको युवाले जागीर नपाई भौंतारिरहेछन । चोर बाटो बाट अरब राष्ट्रमा हाम्रा चेलीलाई बिचल्ली बनाइएको कारुणीक कहानी र अपिल हरेक दिन कान्तिपूर दैनिकमा पढिरहेछौं।

सरकार के गर्छ थाहा छ, ‘जनता अरबका खाडीबाट रगत, आँसु र पसिना बगाएर ल्याएको पैसाबाट घरमा शौचालय बनाउँछन्, सरकार दक्षिण एशियाको खुल्ला के के मुक्त देश भनेर चिच्याउँछ । सरकारले एउटा गतिलो सार्बजनिक शौचालय बनाएको कतै देख्नु भएको छ ? छि यति लाजमर्दो नेकपालाई निरिह जनताले भोट दिइरहने ?

धेरैलाई थाहा छैन होला, रोशनी कुनै बेला माओवादी युद्धमा लागेकी कम्युनिष्ट लडाकु हुन् । अहिले सभामुख पदकै बेइज्जत गर्दे कहिले बलात्कार गर्यो, कहिले गरेन, प्रेम गर्यो के के गर्यो भनेर ?

महरा आफै शुरुमा भन्छन म गएकै छैन त्यो ठाउँमा । सुरक्षा कर्मीको इन्टेलिजेन्स रिपोर्ट र सिसिटिभी मा गएको प्रष्ट देखिन महरा जी त्यहाँ गएका थिए। बाफरे कस्तो नैतिकता जे बोले पनि हुने जे गरे पनि हुने रु

अरु कुरा देखिरहनु भएकै छ । यो शताब्दीकै सबैभन्दा बढी महंगी यहि कम्युनिष्ट सरकारकै पालामा बढेको छ । मुद्रास्फृति चर्कंदो छ । अपराध र हिंसाले गाउँघरदेखि शहर सुरक्षित छैनन् । कति खुल्ला र प्रेममय थियो हाम्रो समाज । अहिले कम्युनिष्टले हिंसाको बीउ रोपिदिएर जता गयो अपराध र घृणा मात्र फैलिरहेको छ ।

कम्युनिष्टहरु ढोंगी हुन्छन् । उनीहरुलाई प्रेम पच्दैन । तर, भित्र भित्र आफुहरु नैतिकहराम हुन्छन् । हेर्नुस नेपालका पुराना कम्युनिष्ट नेताहरुको पारिवारिक अबस्था र जीवन । यिनीहरुले धेरैसँग सम्बन्ध जोडे । तर, समाजलाई स्वतन्त्र हुन दिंदैनन् । आफुले प्रेम गर्न र आफुले भने जस्तो रंगलिला भएन भने कम्युनिष्टहरु आफ्नै पार्टनरदेखि अरु सबैलाई सिद्ध्याउन अनेक हर्कत गर्छन् ।

यसैको पछिल्लो उदाहरण हो रोशनी शाही र कृष्णबहादुर महरा काण्ड । कुनै एक कम्युनिष्ठ हरुले महरा काण्डको बारेमा बोलेनन्। यदि यस्तो हर्कत अन्य पार्टीका नेता कार्यकर्ताले गरेको भए देश आन्दोलित हुन्थ्यो। सडक जल्थ्यो । सदन हंगामा हुन्थ्यो। आज कोही कम्युनिष्ठ नेताहरु बोल्न चाहँदैनन्।

आँफै मोजमस्ती गर्छन् । किनकी कम्युनिष्टहरु ढोंगी हुन्छन् । अहिले देखिरहनु भएको छ, सबैभन्दा धनी र सुखसयल नेकपाका नेताहरुले लिइरहका छन् । यो रंगलिला, पैसा र शानमा जनताको रगत, पसिना र आँसु मिसिएको छ ।

यस्ता हजारौं उदाहरण भित्र भित्र कम्युनिष्ट भित्र कति छन् कति । तपाईलाई थाहै होला, कम्युनिष्ट अधिकारकर्मीदेखि बिभिन्न सामाजिक क्षेत्रका ब्यक्तिहरु आफुले भने जस्तो भएन भने अरुलाई बिभिन्न आरोप लगाएर सिद्धाइदिन्छन् । । आफैले बालेको भुग्रोमा महरा परेका मात्र हुन् । कम्युनिष्टहरु निर्दयी हुन्छन् । आफुलाई मन परेसम्म प्रयोग गर्छन् । मन नपरेपछि आफ्नैलाई खतम गरिदिन्छन् ।

कम्युनिष्टहरु स्वतन्त्रता मन पराउँदैनन् । त्यहि भएर वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, व्यवसायिक स्वतन्त्रता होस वा प्रेम गर्ने स्वतन्त्रता कम्युनिष्टहरु हरण गर्छन् । उनीहरु यी सबै स्वतन्त्रतालाई आँफैले मात्र प्रयोग गर्न चाहन्छन् । आँफै मोजमस्ती गर्छन् । किनकी कम्युनिष्टहरु ढोंगी हुन्छन् । अहिले देखिरहनु भएको छ, सबैभन्दा धनी र सुखसयल नेकपाका नेताहरुले लिइरहका छन् । यो रंगलिला, पैसा र शानमा जनताको रगत, पसिना र आँसु मिसिएको छ ।

सामाजिक प्रेम खोस्ने, सद्भाव भड्काउने, ब्यक्तिगत स्वतन्त्रता खोस्ने, अपराध गर्ने, देश लुट्ने, भित्र रंगलिला गर्ने बाहिर अपराध गर्ने, जनतालाई दिनदिनै झुट बोल्ने यही सत्तारुढ दल नेकपाको बिरोधमा अज बोल्नु पर्छ की पर्दैन् ? के अब तपाई साथ दिनुहुन्छ ?