६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायतमा समाजवादी फोरम र नयाँ शक्तिबीच एकता हुने

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७६, आईतवार २०:१७

लण्डन । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकतापछि प्रवासमा रहेका भात्री संगठनहरुको एकतालाई निरन्तरता दिने क्रममा संघीय समाजवादी फोरमको प्रवास अंग नेपाली संघीय समाज युके र नयाँ शक्तिको संगठन अन्तरराष्ट्रिय नेपाली समाज युकेको समायोजन अक्टोबर २६ मा हुने भएको छ ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य भगवान चाम्लिङ राई, टेकबहादुर थापा पार्टीका सल्लाकार लक्ष्मन तुलाचन, केन्द्रिय पार्षदहरु जंग सुनुवार, धनबहादुर गुरुङ लगायतको उपस्थितिमा समायोजन समितिको बेलायतको अल्डरसटमा बसेको बैठकले समायोजनको टुंगो लगाएको हो ।

आगामी अधिवेशन नभए सम्मका लागि नेपाली संघिय समाज युकेका अध्यक्ष बालकृष्ण राई र अन्तरराष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ दुवैजना अध्यक्ष रहने गरी दुइ संगठनबीच समायोजन गर्ने सहमति भएको समायोजन समितिका संयोजक रत्न थापाले बताएका छन् ।

समायोजनपछि समाजवादी पार्टीको भात्री संगठनको नाम नेपाली समाज युनाईटेड किङ्गडम रहने सहमति पनि भएको छ । यसअघि दशवटा राष्ट्रहरुमा समायोजनको काम सम्पन्न भइसकेको छ ।