August 12, 2020
9:34 AM | 2:19 PM

कारबाहीमा करिब ९० तालिबान मारिए

  06/10/2019 मा प्रकाशित

अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन् ।

विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७ जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ । तालिबान लडाकू समूह अफगान सरकारसँग युद्धरत रहेका छन् ।

प्रतिक्रिया