६ बैशाख २०८१, बिहीबार
Follow Us

मापसे गरेर लामो दूरीको बस चलाउने ८ चालक पक्राउ

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७६, सोमबार ०६:२८

काठमाडौं– मादक पदार्थ सेवन (मापसे) गरेर लामो दूरीको बस चलाउने ८ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १६,१७ र १८ गते लामो दूरीको बस चेकजाँचको क्रममा ती चालकले मापसे गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
यस्तै उपत्यकामा चल्ने २ बस र एक ट्रकका चालकसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई प्रहरीले नयाँ बसपार्क, नागढुंगा, थानकोटलगायतका क्षेत्रमा चेकजाँच गर्दा मापसे सेवन गरेको पाइएको थियो ।