१५ चैत्र २०८०, बिहीबार
Follow Us

भन्सार छली गरेको ल्याएको ३४ लाखको कपडा बरामद

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७६, सोमबार ०६:३२

काठमाडौं–इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले भारतबाट भन्सार छली ल्याइएको कपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा
पक्राउ व्यक्ति आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो लगायतका गरी ३३ लाख ९० हजार बराबरको कपडा बरामद भएको प्रहरीले जनाएका।े छ ।
भन्सार ऐन अनुसार आवश्यक कारवाहीको कपडा मुल भन्सार कार्यालय वीरगंज पठाइने प्रहरीले जनाएको छ ।