१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुर्घटना गरी फरार भएका कार चालक पक्राउ

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७६, सोमबार ०६:३३

ललितपुर । कार दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका वडा नं २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललाई ठक्कर दिंई फरार रहेका बा १०च ३००२ नम्बरका कार चालक टक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।