May 30, 2020
6:57 AM | 11:42 AM

ठगी गर्ने समूहका तीन महिलासहित ४ जना पक्राउ

  7th October 2019 मा प्रकाशित

काठमाडौं– मालपोत कार्यालय ललितपुरबाट जारी भएको भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको लालपुर्जा देखाई ठगी गर्ने कार्यमा संलग्न समूहका तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कार्यबारे परेको उजुरीका प्रहरीले भक्तपुर सुर्यबिनायक नगरपालिका १सिरुटारकी सुष्मा श्रेष्ठ, काठमाडौं महानगरपालिका २५ बाङ्गेमुडाकी निर्मला श्रेष्ठ , ठहिटिकी निलिमा श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका १ ईमाडोलका निरज ताम्राकारलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कम्प्युटर सेट ,मोबाईल, बल्यु प्रिन्ट, ट्रेस नक्सा ,जग्गा धनि प्रमाणपत्रमा प्रयोग हुने रातो कवर,
किर्ते कागज तयार गर्नको लागि प्रयोग गर्ने रबर स्टयाम, स्याम प्याड र बिभिन्न व्यक्तिको नाममा रहेको १५ थान किर्ते लालपुर्जा बरामद रहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया