१५ चैत्र २०८०, बिहीबार
Follow Us

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न ६ निर्णय

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७६, बिहीबार १४:०६

काठमाडौं । मन्त्रिपरिषद्को हालै बसेको बैठकले विभिन्न निर्णयहरु गरेका छन् ।
बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू २ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागिसहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।
आर्थिक वर्ष ०७६–७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति पनि बैठकले गरेको छ ।
सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।
यस्तै नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनि धिमण्डललाई भाग लिन स्वीकृति पनि बैठकले दिएको छ ।