१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन – धौलागिरी भेलामा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना प्रमुख अतिथि हुने

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७६, शुक्रबार ०७:४८

काठमाण्डौं । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना प्रमुख अतिथि हुने आयोजकले जनाएको छ ।

मंगलवार देखी शुरु हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात गर्न तथा धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी समेत दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिन लागिएको कार्यक्रम संयोजक तथा धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कंडेलले जानकारी दिए ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा बाग्लुगं, म्याग्दी, पर्वत, म्याग्दी, मुस्तागं जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको समेत सहभागिता रहने बताएको छ।

कार्यक्रमले गैरआवासीय नेपालीहरु र धौलागिरीबासीबीचको समधुर सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको अपेक्षा रहेको छ ।

कार्यक्रम विवरण

मिति : २०७६ साल आश्विन २५ गते

समय : विहान ११ बजे देखि दिउसो ३ बजे सम्म

स्थान : डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्यांकेट, (बालुवाटार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय जानेबाटोमा राष्ट्रपति कार्यालयबाट आउदा दाहिने र प्रधानमन्त्री कार्यालयबाट जादा देब्रे)

थप सम्पर्कको लागि : खिमानन्द कँडेल ९८५१०७०२०२