February 17, 2020

तिहारमा क्रुजसिप सरर, केन्द्रदेखि स्थानीय सरकारले चासो

  12th October 2019 मा प्रकाशित

नारायणी नदी किनारमा निर्माण भइरहेको क्रुजसिप हेर्न दैनिक एक सय जना पुग्छन् । भारतपुर महानगरपालिका–१६ काभ्रेघाटस्थित नारायणी नदीमा निर्माण भइरहेको क्रुज सिपबारे सबैमा चोसो छ ।
अहिलेको संरचनाले पानीजहाजको आकार देखिएको छ । अबको एक महिनामा पानीजहाजको झल्को दिनेगरी क्रुजमा बसेर नारायणी नदीमा सयर गर्न पाइन्छ ।
रात्रीकालिन सेवासहितको क्रुज सञ्चालनको तयारी गरिएको छ । यसमा केन्द्रदेखि स्थानीय सरकारले चासो देखाएका छन् । तिहारअघि क्रुज सञ्चालनको तयारी गरिएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुजसिप सञ्चालनमा ल्याउन लागेको हो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया