१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अर्याल र सेजनलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७६, सोमबार ०२:४६

अर्याल र सेजनलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार
काठमाडौं– गैर आवासीय नेपाली संघले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघका तर्फबाट प्रवक्ता भुषण घिमिरले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ अर्याल र सेजन लाई दिने निर्णय सार्वजनिक गरेका हुन् ।
गैरआवासीय नेपाली संघ वेलायतको सक्रियाता स्थापित पुरस्कारको राशि एक लाख रुपैयारहेको छ । पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक÷एक जना पत्रकार तथा संस्थालाई प्रदान गरिंदै आएको छ ।
यस वर्ष नेपालबाहिरबाट बेलायतमा सक्रिय पत्रकार अर्याल तथा नेपालबाट आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई दिइने निर्णय भएको एनआरएनएले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसअनुसार अर्याल र सेजनलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो ।
एक दशकदेखि बेलायतमा रहेका अर्याल विभिन्न सञ्चार माध्यममार्फत सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी बेलायतबाट प्रकाशन हुने नेपालीपत्रका सम्पादक हुन् ।

विगतमा विभिन्न टेलिभिजनमा काम गरेका अर्याल अन्नपुर्ण पोष्टका बेलायतस्थित संवाददाता समेत हुन् ।
त्यसैगरी आर्थिक पत्रकारहरुको साझा संस्था सेजन २ दशक अघि स्थापना भएको हो । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापित सेजनले पत्रकारहरुलाई विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिदैं आएको छ । काठमाडौं उपत्यकामा क्रियाशिल संस्थामा २ सय ५८ जना आर्थिक पत्रकारहरु सदस्य छन् ।
पुरस्कार काठमाडौंमा आयोजना हुने एनआरएनएको नवौं विश्व सम्मेलनको समापनका अवसरमा प्रधानमन्त्री केपी ओलीले प्रदान गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले बताए ।