१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–चीन अब रणनीतिक साझेदार

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७६, सोमबार ०१:००

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणले कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ ।
दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्न उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नैपर्ने’ अडान दोहोर्याएर सीले राजनीतिक वृत्तमा गतिलो सन्देश दिएका छन् ।
सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा नेपाल–चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न् सक्न्े साझा अभिमत अभिव्यक्त भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।