८ बैशाख २०८१, शनिबार
Follow Us

चिनियाँ राष्ट्रपति सीले भने–नेपालमा रेल आउँछ

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७६, सोमबार ०१:२३

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् ।
उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लोओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।
नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओसनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो ।
वार्तामा सहभागी एक मन्त्रीका अनुसार सीले केरुङ–काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यान केन्द्रित भइरहेको बताए । कान्तिपुर दैनिकमा यो खबर छ ।