८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन प्रस्ताव छिटै दर्ता गर्छौ : प्रम दाहाल

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार १३:०१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गरिने बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एकसय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनै पर्छ ।”